रुसी कब्जामा रहेको अर्को गाउँ पनि फिर्ता लिएको युक्रेनको दाबी

नेपालभ्युज

रुसी कब्जामा रहेको अर्को गाउँ पनि फिर्ता लिएको युक्रेनको दाबी

कीभ। युक्रेनी सेनाले रुसी सेनाको कब्जामा रहेको खेरसनको दक्षिणी क्षेत्रको एउटा प्रमुख गाउँलाई आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ । युक्रेनको रक्षा मन्त्रालयले ३५ औं समुद्री ब्रिगेडले गाउँम रहेको डेभिडिभ पुलमाथि युक्रेनी झण्डा फहराएको भिडियो पोस्ट गरेको छ ।

युक्रेनले दुई दिनमा थुप्रै गाउँ फिर्ता गरेको दाबी गरेपनि एउटा ठूलो गाउँ फिर्ता लिएको पुष्टि भएको बीबीसीले जनाएको छ ।  युक्रेनको उत्तरपूर्वी क्षेत्रमा रुसी सेनाहरू यसअघि नै पछि हट्न बाध्य भइसकेका छन्। दक्षिणबाट पनि उनीहरुलाई पछि धकेलिएको युक्रेनी दाबी छ ।

खेरसनमा युद्ध चलिरहेकै बेलामा रुसी राष्ट्रपति राष्ट्रपति पुटिनले चार वटा क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गरेका थिए । पुटिनले रुसमा गाभिएको घोषणा गरेकै ठाउँहरुमा युक्रेन अहिले आक्रमण तिव्र बनाएको छ । रुसले अझै पनि दक्षिणमा रहेको क्षेत्रीय राजधानी खेरसन सहरलाई नियन्त्रणमा राखेको छ। तर युक्रेनी सेनाले आक्रमणलाई तिव्र बनाएका छन् । पछिल्लो ४८ घण्टामा युक्रेनी सेनाहरूले उत्तरका धेरै बस्तीहरूबाट रुसी सेनालाई पछि हट्न बाध्य बनाएको बताएका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँग कुरा गरेर अमेरिकाले रूसी विलयलाई कहिल्यै मान्यता नदिने आश्वासन दिएका छन् । बाइडेनले थप हतियार र आर्थिक सहयोगको पनि वाचा गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved