सत्ता गठबन्धनको आजको बैठक होला त निर्णायक?

नेपालभ्युज

सत्ता गठबन्धनको आजको बैठक होला त निर्णायक?
फाइल तश्वीर

काठमाडौं। उम्मेदवारी मनोनयनको समय नजिकिँदा पनि सिट बाँडफाँडको टुंगो लगाउन नसकेको सत्ता गठबन्धनका दलहरूबीच आज निर्णाय बैठक बस्ने भएको छ। निरन्तर छलफलमा रहेका दलहरूले सिट बाँडफाँट टुंग्याउने गरी आज बैठक बस्ने जनाएका छन्।

दलहरूको बैठक सदाझै आज पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बुझिएको छ। बैठक बिहान ११ बजे बस्ने भनिए पनि दिउँसो १ बजेलाई सारिएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले नेपाल भ्युलाई जानकारी दिए।

आजको बैठकबाट सिट बाँडफाँट बारे अन्तिम टुङ्गो लगाउने तयारी दलहरूको छ। हिजो अन्तिम समय सम्म सहमति नभएपछि आज सहमति गर्ने गरि हिजोको बैठक सकिएको नेताहरूले बताएका छन्।

आज हस्ताक्षर नै गर्ने गरि हिजोको बैठक सकिएको गठबन्धनमा सहभागी दलका एक नेताले बताए। गठबन्धनमा सहभागी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले आजै सहमति गरि हस्ताक्षर हुन सक्ने बताइन्।

‘आज हस्ताक्षर गर्ने गरि सहमति गर्ने कुरा भएको छ’ उनले नेपाल भ्युसँग भनिन्, ‘हामी सहमतिको अन्तिम चरणमा छौँ।’ उनका अनुसार केही स्थानमा अझै पनि दुई पक्षीय र त्रिपक्षीय दाबी कायमै छ। त्यस्ता क्षेत्रमा जुन जुन पार्टीको दाबी छ त्यो दलको शीर्ष नेताले टुङ्गाउने कुरा सोमबारको बैठकमा भएको पौडेले बताइन्।

सिट बाँडफाँडमा अहिले नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी रुष्ट छन्। नेपाली कांग्रेस र जसपा सोमबार अबेर सम्म छलफलमा जुटेका थिए। सत्ता गठबन्धनमा अहिलेसम्म नेपाली कांग्रेसले ८५ माओवादी केन्द्रले ४४ नेकपा एकीकृत समाजवादीको १५, ,जसपाको १३ र जनमोर्चाले २ क्षेत्र पाउने गरी छलफल भइरहेको छ।

सिट बाँडफाँटमा अहिले भइरहेको छलफल सन्तोषजनक नभएको भन्दै जसपाको कार्यकारिणी बैठकले गठबन्धनको विकल्पमा अन्य दलसँग तालमेल गर्ने, त्यो पनि सम्भव नभए एक्लै चुनाव लड्ने निर्णय गरेको थियो।

जसपाले मधेशमा कम्तीमा १५ सिट चाहिएको दाबी गरिरहेको छ। गठबन्धनका अन्य दल मधेसमा जसपालाई १५ सिट दिन तयार भएका छैनन्। पछिल्लो समय जसपा गठबन्धनका अन्य दलसँग असन्तुष्ट छ।

जसपा अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक रूपमै सिट बाँडफाँटमा अहिले भइरहेको छलफलप्रति असन्तुष्टि पोखेका छन्।

सत्ता गठबन्धनमा सिट बाँडफाँट सकस : कहाँ छ दोहोरो तेहरो दाबी?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved