सत्ता गठबन्धनमा सिट बाँडफाँट सकस : कहाँ छ दोहोरो तेहरो दाबी?

सहमति भएका क्षेत्रमध्ये हालसम्म नेपाली कांग्रेसले ८३ सिट, नेकपा माओवादी केन्द्रले ३६ सिट, नेकपा एकीकृत समाजवादीले १४ सिट, जनता समाजवादी पार्टीले १३ सिट र राष्ट्रिय जनमोर्चाले २ सिटको टुंगो लागेको छ।

नेपालभ्युज

सत्ता गठबन्धनमा सिट बाँडफाँट सकस : कहाँ छ दोहोरो तेहरो दाबी?
फाइल तस्वीर

काठमाडौं। आगामी मंसिर ४ मा हुने आम निर्वाचनका लागि सत्ता गठबन्धनमा सहभागी दलहरूले सिट बाँडफाँट लगभग टुंगोमा पुर्‍याएका छन्।

बुधबार रातिसम्म भएको गठबन्धनका दलहरूबीचको छलफलले अधिकांश क्षेत्रमा सिट बाँडफाँट टुंगाएको हो। सिट बाँडफाँट कार्यदलका एक सदस्यका अनुसार १६५ संघीय निर्वाचन क्षेत्रमध्ये १४८ क्षेत्रको सिट बाँडफाँट टुंगिएको छ।

ती सदस्यका अनुसार बाँकी १७ क्षेत्रमा भने दलहरूको दोहोरो तेहरो दाबी कायमै छ। सहमति भएका क्षेत्रमध्ये हालसम्म नेपाली कांग्रेसले ८३ सिट, नेकपा माओवादी केन्द्रले ३६ सिट, नेकपा एकीकृत समाजवादीले १४ सिट, जनता समाजवादी पार्टीले १३ सिट र राष्ट्रिय जनमोर्चाले २ सिटको टुंगो लागेको छ।

कांग्रेसले पाउने यी हुन् क्षेत्र

कांग्रेसले पाउने निर्वाचन क्षेत्रमा कञ्चनपुर- २ र ३, डडेलधुरा, दार्चुला, कैलाली- १, ४, ५, अछाम -२, बाजुरा, सुर्खेत- १ र २, दैलेख – २, मुगु, नवलपरासी पश्चिम -२, बर्दिया- १ रहेको छ। यसैगरी चितवन – १ र २, गोरखा – १, कास्की- १, तनहुँ- १ र २, स्याङ्जा- १ र २, नवलपरासी पूर्व- १ र २, मनाङ, म्याग्दी, पर्वत, गुल्मी- १, पाल्पा- १, अर्घाखाँची, रुपन्देही – ३,४ र ५, कपिलबस्तु – २, ३, दाङ- ३ र बाँके – ३ निर्वाचन क्षेत्रबाट पनि कांग्रेसले उम्मेदवारी दिने गठबन्धनमा सहमति भएको छ।

यसैगरी पाँचथर, इलाम-२, झापा – १,३ र ४, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ-१,२,३ र ६, सुनसरी – २,३ र ४, ओखलढुंगा, उदयपुर – १, सप्तरी -३, ४, सिरहा – १, २ धनुषा- २, ३ र ४ महोत्तरी – २ र ३ निर्वाचन क्षेत्र पनि कांग्रेसले पाउने सहमति भएको छ ।

यस्तै सर्लाही – ४, बारा- १, पर्सा -३ र ४, सिन्धुली-१, रसुवा, धादिङ – २, नुवाकोट -२, काठमाडौं – १, १०, ३,४,५,६, भक्तपुर – १ र २, ललितपुर – १, काभ्रे -२ सिन्धुपाल्चोक – २ र मकवानपुर- १ कांग्रेसको भागमा परेको छ।

जसमध्ये कांग्रेसले पाउने भनिएको धनुषा – ४ मा जसपा, महोत्तरी – ३ मा पनि जसपाको दाबी कायमै छ भने गठबन्धनमा भएको सहमति अनुसार कांग्रेसले दोलखा वा रामेछाप मध्ये एक निर्वाचन क्षेत्र पनि पाउने सहमति छ।

माओवादी लड्ने क्षेत्रहरू:

सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रले पाउँने ३६ सिटमा सहमति जुटेको छ। जसअनुसार झापा २, ५, भोजपुर, मोरङ ४, ५, सोलुखुम्बु, उदयपुर २, सिरहा ३, धनुषा १, महोत्तरी १, सर्लाही ३, सिन्धुली १, नुवाकोट १, काठमाडौं २, काठमाडौं ९, काभ्रे १, सिन्धुपाल्चोक १, चितवन ३, गोरखा २, लमजुङ कास्की १ वा ३, बागलुङ २ मा माओवादीले पाउने सहमति भएको छ।

यस्तै कपिलबस्तु १, रुकुम पूर्व, रोल्पा, दाङ २, बाँके १, बर्दिया २, नवलपरासी पश्चिम १,जुम्ला, कालीकोट, जाजरकोट, हुम्ला, रुकुम पश्चिम, कैलाली २ र ३ बैतडी, कञ्चनपुर १ मा माओवादीले टिकट पाउने सहमति जुटेको छ।

जसपाले पाउने निर्वाचन क्षेत्र

सहमतिअनुसार जनता समाजवादी पार्टी (जसपा) ले सुनसरी १, सप्तरी, १, सिरहा ४, महोत्तरी ४, सर्लाही १, रौतहट ३, बारा २ र ३, पर्सा १ र २, काठमाडौं ७, बाँके र सप्तरी २ पाउने सहमति भएको छ। जसपाले धनुषा ३ मा समेत दाबी गरेपनि कांग्रेसले पनि दाबी छाडेको छैन। यस्तै महोत्तरी ३ र रुपन्देही १ मा जसपासँगै माओवादीको पनि दाबी छ।

समाजवादीको भाग परेका क्षेत्र

गठबन्धनमा भएको सहमति अनुसार नेकपा एकीकृत समाजवादीले इलाम १, रौतहट १, बारा ४, धादिङ १, काठमाडौं ८, ललितपुर २, मकवानपुर २, कास्की २, गुल्मी २, पाल्पा २, रुपन्देही २, दाङ १, डोल्पा, दैलेख १, अछाम १, बझाङ र डोटीको निर्वाचन क्षेत्र पाउने लगभग सहमति भएको बुझिएको छ।

ती मध्ये केही निर्वाचन क्षेत्रमा अन्य पार्टीले दाबी गरेकाले अन्तिम रुप दिन बाँकी रहेको छ । बारा ४, धादिङ १, अछाम १ मा छलफल गरेर अन्तिम रुप दिइने नेताहरुले बताएका छन्। राष्ट्रिय जनमोर्चाले बाग्लुङ १ र प्यूठानमा चुनाव लड्ने सहमति भएको छ।

कहाँ कहाँ छ दोहोरो दाबी ?

गठबन्धनको ठूलो दल नेपाली कांग्रेसले पाउनुपर्ने भनिएका अन्य चार क्षेत्रमा माओवादी, एकीकृत समाजवादी र जसपाको पनि दाबी कायमै छ। कांग्रेस ८५ सिटसम्ममा सहमत हुने देखिएको छ। जसमा मोरङ क्षेत्र नम्बर ३ मा कांग्रेसले पाउनुपर्ने क्षेत्रमा जसपाले दाबी गरेकाले सहमति हुन सकेको छैन।

दोलखा र रामेछाप दुबै कांग्रेसले दाबी गरेपछि माओवादीको दुई मध्ये एक सीट पाउनुपर्ने दाबी छ। धनुषा क्षेत्र नम्बर ४ कांग्रेसले पाउनुपर्नेमा जसपा र दैलेख १ मा कांग्रेसले पाउनुपर्ने क्षेत्रमा एकीकृत समाजवादीले दाबी गरेकाले सहमति हुन बाँकी छ। अछाम १ मा पनि कांग्रेसले दाबी छोडेको छैन। यहाँ समाजवादी आफूले पाउनुपर्ने दाबी गरिरहेको छ।

माओवादी केन्द्रले पाउने भनिएका ४९ मध्ये १३ क्षेत्रमा कांग्रेस सहित एकीकृत समाजवादी र जसपाले दाबी गरेका छन्। जसमा खोटाङ र उदयपुर २, धादिङ एक, सल्यान र बारा ४ माओवादीले पाउनुपर्ने क्षेत्रमा एकीकृत समाजवादीको दोहोरो दाबी गरेकाले सहमती भएको छैन।

सर्लाही क्षेत्र नम्बर २ र रुपन्देही १ माओवादी पाउनुपर्ने क्षेत्रमा जसपाले दाबी गरेकाले सहमती हुन बाँकी छ। नवलपरासी पश्चिम १ मा माओवादीले पाउनुपर्नेमा कांग्रेसले समेत दाबी गरेको छ।

यस्तै एकीकृत समाजवादीले १४ सीट पाउने तय भइसकेको छ। एकीकृत समाजवादीले अन्य तीन सिटमा माओवादीले दाबी गरेकाले सहमती हुन सकेको छैन।

यस्तै जनता समाजवादी पार्टीले १३ सीट पाउने तय भइसकेको छ। जसमा धनुषा ३ महोत्तरी ३ जसपाले पाउनुपर्ने क्षेत्रमा कांग्रेसले दाबी गरेकाले सहमति भएको छैन।

रुपन्देही १ जसपाले पाउनुपर्ने क्षेत्रमा माओवादीले दाबी गरेकाले सहमती हुन नसकेको हो। दलहरूले सहमति हुन बाँकी क्षेत्रका बारेमा आज छलफल गरेर सहमति जुटाउने जनाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved