ट्राफिक नियम उलंघन गर्ने १ हजार ४७९ जना चालक कारबाहीमा

नेपालभ्युज

ट्राफिक नियम उलंघन गर्ने १ हजार ४७९ जना चालक कारबाहीमा
फाइल फोटो

काठमाडौं। ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ४७९ जना चालकलाई कारबाही गरिएको छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले ती चालकलाई कारबाही कारबाही गरेको हो।

जसमा मदिरा सेवन गरी सवारी साधन चलाउने १६४, हर्नको अनावश्यक प्रयोग गर्ने ५२, फुटपाथमा पार्किङ गर्ने ६८, ढोका खुल्लै राखेर सवारी चलाउँदै गरेका २७, जथाभावी यात्रु चढाउने र ओराल्ने ५१, तीव्र गतिमा सवारी साधन चलाउने १४५ जना कारबाहीमा परेका प्रहरीले जनाएको छ।

अवस्था ठीक नभएका सवारी साधन चलाउने ३७, एकतर्फी सडकमा सोविपरीत चलाउने ५०, सडक लेन उल्लंघन गर्ने ११, रातो बत्तीको उल्लंघन गर्ने २६ र क्षमताभन्दा बढी यात्रु राख्ने २४ जना चालक कारबाहीमा परेका हु्न्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved