पाकिस्तानमा डेङ्गुको प्रकोप, ३० हजारभन्दा बढी संक्रमित

नेपालभ्युज

इस्लामावाद ।  पाकिस्तानमा डेङ्गुको प्रकोप दिन प्रतिदिन फैलिएको छ ।  पाकिस्तानको राजधानी इस्लामावादमा मात्रै पछिल्लो एक दिनमा १०४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै पाकिस्तानमा डेङ्गुबाट यस बर्ष मात्रै सङ्क्रमित भएकाहरूको सङ्ख्या तीस हजार २६७ पुगेको छ । इस्लामावाद जिल्ला स्वास्थ्य कार्यालय (डिएचओ)ले शनिबार दिएको जानकारी अनुसार कुल सङ्क्रमित मध्ये दुई हजार ४३५ जना राजधानी इस्लामावादका हुन् ।

डेङ्गुका कारण यस बर्ष मात्रै पाकिस्तानमा ६८ जनाको मृत्यु भएको पनि डिएचओले जनाएको छ । ती मध्ये छ जनाको राजधानी इस्लामावादमा मृत्यु भएको हो ।

पाकिस्तानमा पछिल्लो समय बाढी पहिरोबाट ठूलो जनधनको क्षति भइरहेका बेला डेङ्गुको प्रकोप पनि फैलिएको हो ।

बाढी पहिरोबाट सबैभन्दा धेरै प्रभावित भएको सिन्ध प्रान्त नै डेङ्गुबाट पनि सबैभन्दा धेरै प्रभावित भएको पाइएको छ । सिन्ध प्रान्तमा डेङ्गुबाट मात्रै ३७ जनाको मृत्यु भएको छ ।

बाढी पहिरोका कारण लाखौँ मानिस विस्थापित भएको, घरबार विहीन भएको र फोहोर भएकाले लामखुट्टेबाट जोगिन नसकेकाले पनि डेङ्गुबाट धेरै जना सङ्क्रमित हुनु परेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved