सवारी दुर्घटना : श्रीमानको मृत्यु, श्रीमती घाइते

नेपालभ्युज

सवारी दुर्घटना : श्रीमानको मृत्यु, श्रीमती घाइते

काठमाडौं । पाँचथरको फिदिम- ४ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार मृत्यु हुनेमा कुम्मायक गाउँपालिका ३ का २४ वर्षीय भीमबहादुर माझी रहेका छन् । सो दुर्घटनमा मोटरसाइकलको पछाडि सवार  १९ वर्षीया  सुस्मिता माझी घाइते भएकी छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका भीमबहादुरलाई जिल्ला अस्पताल ल्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । सुस्मिताको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था जटिल रहेको प्रहरीले जनाएको छ । भिमबहादुर र सुस्मिता श्रीमान् श्रीमति रहेको बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved