नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम ४८ करोडमा खुम्चियो

नेपालभ्युज

नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम ४८ करोडमा खुम्चियो

काठमाडौंं । बुधबार सेयर बजारमा एकल अंकको सामान्य वृद्धि भएको छ । नेप्से मंगलबार दोहोरो अंकले बढेको थियो ।बजार परिसूचक नेप्से ६.४१ अंकले वृद्धि भएर १८३७.४६ अंकमा बन्द भएको छ । ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १.४५ अंकले वृद्धि भएर ३५९.५९ अंकमा बन्द भएको छ ।

नेप्सेसँगै अधिकांश उपसूचकमा वृद्धि हुँदा व्यापार, वित्त कम्पनी, अन्य र म्युचुअल फण्ड उपसूचकमा गिरावट भएको छ । बैंकिङ बीमा, विकास बैंक, उत्पादनमूलक, होटल तथा पर्यटन लगायतका उपसूचक भने बढेको छ ।

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved