देशका धेरै ठाउँको मौसम सफा, केहि ठाउँमा हल्का वर्षा

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिक बदली रही मधेश प्रदेश, बागमती प्रदेश र प्रदेश एकका एक-दुई स्थानमा  हल्का वर्षा भइरहेको छ। 

नेपालभ्युज

देशका धेरै ठाउँको मौसम सफा, केहि ठाउँमा हल्का वर्षा
फाइल तश्वीर

काठमाडौं। आज देशका धेरै ठाउँको मौसम सफा रहने अनुमान छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिक बदली रही मधेश प्रदेश, बागमती प्रदेश र प्रदेश एकका एक-दुई स्थानमा  हल्का वर्षा भइरहेको छ। 

दिउँसो  प्रदेश एक , मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा  आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा मौसम सफा र सामान्य बदली  रहनेछ ।  प्रदेश एक, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती पनि देशभर आंशिक देखि सामान्य  बदली रहनेछ। प्रदेश एक, मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved