सरकारको ‘डाटा रिकभरी सेन्टर’मा ब्याट्री पडि्कएर आगलागी

नेपालभ्युज

सरकारको ‘डाटा रिकभरी सेन्टर’मा ब्याट्री पडि्कएर आगलागी

काठमाडौं । हेटौंडा-४ को हुप्रचौरमा रहेको सरकारी डाटा सेन्टर (डिजास्टर रिकभरी सेन्टर)मा ब्याट्री पडि्कएर आगलागी भएको छ ।  आगो निभाउन हेटौंडा उपमहानगरको दमकलसहित जिल्ला प्रहरी कार्यालय, बागमती प्रदेश प्रहरी कार्यालयको टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सूचनाहरु ‘ब्याक-अप’ गर्न डिजास्टर रिकभरी सेन्टर  बनाइएको थियो ।

आगलागी नियन्त्रण गर्न प्रयास भइरहे पनि अहिलेसम्म नियन्त्रणमा नआएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता रामचन्द्र घिमिरेले जानकारी दिए । आगलागी कारण र क्षतिबारे भने अहिले जानकारी नआइसकेको प्रहरीले जनाएको छ ।

डाटा रिकभरी सेन्टरमा रहेका ब्याट्री पडि्कएर आगलागी भएको राष्ट्रिय सूचना प्रविधि केन्द्रका सहकाय निर्देशक रमेशप्रसाद पोखरेलले बताए । ‘आगलागी भएपछि काठमाडौंमा एक प्राविधिक टोली अवस्था बुझ्न हेटौंडा जाँदैछ’ उनले भने, ‘क्षतिको पूरा विवरण आएको छैन ।’

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved