पूर्वप्रहरी महानिरीक्षक खनाल एमाले प्रवेश

नेपालभ्युज

पूर्वप्रहरी महानिरीक्षक खनाल एमाले प्रवेश

काठमाडौं। नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल नेकपा (एमाले) मा प्रवेश गरेका छन् । बिहीबार एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा खनाललाई पार्टीमा स्वागत गरेका हुन् । स्वागत कार्यक्रममा एमाले महासचिव शंकर पोखरेललगायत नेताहरू उपस्थित थिए ।

त्यस्तै, पुनर्जागरण पार्टीका महामन्त्री रविकिरण हमाल, अब्दुस मियाँलगायत एमालेमा प्रवेश गरेका छन् ।

ओली प्रधानमन्त्री रहेकै बेलादेखि खनालले एमालेका लागि काम गर्दै आएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved