नागरिकता विधेयक प्रकरण

संयुक्त विद्यार्थी सङ्गठनद्वारा विरोधका कार्यक्रम घोषणा

नेपालभ्युज

संयुक्त विद्यार्थी सङ्गठनद्वारा विरोधका कार्यक्रम घोषणा

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सत्तारूढ गठबन्धनका विद्यार्थी सङ्गठनहरूले विरोध जनाएका छन् ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ, नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी), नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियु, जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी युनियन र नेपाल समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनले संयुक्तरूपमा विरोधको कार्यक्रम घोषणा गरेका हुन् ।

विरोधका कार्यक्रम अन्तर्गत असोज ६ गते देशभरका जिल्लामा संयुक्त विरोध प्रदर्शन, ६ गते नै माइतीघर मण्डलामा बिहान ९ बजे कार्टुन प्रदर्शनी तथा संयुक्त विरोध प्रदर्शन  र असोज ७ गते बिहान ११ बजे सडक बहस कार्यक्रम  रहेको  जनाइएको छ ।

राष्ट्रपतिले कुनै दलको स्वार्थ र इसारामा नागरिकता विधेयकलाई प्रमाणीकरण नगरि विफल तुल्याएको उनिहरुको आरोप छ ।

उनिहरुले राष्ट्रपति  भण्डारीको राजीनामा समेत मागेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved