अप्रेसन गरेर शरीरको उचाइ बढाउने क्रेज, कति लाग्छ खर्च ?

नेपालभ्युज

अप्रेसन गरेर शरीरको उचाइ बढाउने क्रेज, कति लाग्छ खर्च ?

एजेन्सी । पछिल्लो प्रविधिले मानिसलाई धेरै कुरा सहज बनाएको छ । अब त अप्रेसन गरेर शरीरको उचाइ समेत बढाउन मिल्ने भएको छ । अमरिकाका ठुला कम्पनीमा काम गर्नेले धमाधम अप्रेसन गर्दै उचाइ बढाउन थालेका छन् ।

गूगल, अमेजन, माइक्रोसफ्ट, मेटा जस्ता कम्पनीमा काम गर्ने कर्मचारीमा उचाई बढाउने क्रेज धेरै छ ।

यो अप्रेसनबाट खुट्टाको लम्बाई ३ देखि ६ इन्चसम्म बढाउन सकिन्छ । अमेरिकामा लम्बाई बढाउन अप्रेसन गर्ने संस्थान लिंबप्लास्टका संस्थापक केविन देबीपार्सड भन्छन्, ‘लम्बाई बढाउन आउनेको संख्या निकै धेरै छ । २० जना लाइनमा छन् ।’ उनकोमा माइक्रोसफ्टका कर्मचारी धेरै छन् । त्यसवाहेक गूगल, अमेजन र फेसबुकका इन्जिनियरले पनि अप्रेसन गराइरहेका छन् ।

विगत कोरोना महामारीका बेला सबैभन्दा धेरैले अप्रेसन गरेर लम्बाई बढाएका छन् ।

यस्तो हुन्छ अप्रेसन

यो अप्रेसन गर्दा चिकित्सकले सबैभन्दा पहिले जांघको हड्‌डी फुटाउँछन् । अनि त्यसमा मेटलको नेल लगाउँछन् र जोड्छन् । अप्रेसन गरेको तीन महिनासम्म मेटल नेललाई रिमोट कन्ट्रोलबाट विस्तारै लामो बनाउँदै लगिन्छ । हड्डी मजबुत हुन महिनौं लाग्छ । अप्रेसन गरेका व्यक्तिका अनुसार कम्तिमा तीन महिना घरमै आराम गर्न आवस्यक छ ।

यो अप्रेसनले हड्डी कमजोर हुन्छ ?

शल्य चिकित्सक लम्बाई बढाउने यो अप्रेसन नगराउने सल्लाह दिन्छन् । यसबाट लम्बाई त बढ्छ तर हड्डी कमजोर हुन सक्छ । त्यसैले पछि हिँडडुल गर्न समस्या हुन्छ । तर अप्रेसन गराइसकेका व्यक्ति भने यो खुलाउन चाहदैनन् ।

कति लाग्छ खर्च ?

लम्बाई बढाउने यो अप्रेसन गर्न करिब १ करोड नेपाली रुपैयाँ खर्च हुन्छ । सर्जनका अनुसार अप्रेसनपछि ३ देखि ६ इन्चसम्म लम्बाई बढ्छ । ठुलो खर्च हुने भएकाले बढी पैसा कमाउनेका लागि मात्रै यो सम्भव छ । त्यसैले ठुला कम्पनीमा काम गर्नेको भीड लागेको हो ।

महिला भन्दा पुरुषमा ज्यादा क्रेज

अप्रेसनका लागि महिला भन्दा पुरुषमा बढी क्रेज देखिएको छ । अप्रेसन गर्ने संस्थाका अनुसार लम्बाई बढाउनेमा अधिकांश पुरुष छन् । महिलाको संख्या एकदमै न्युन छ । ठुला कम्पनीका इन्जिनियरबाहेक केही कम्पनीका सिइओ, फिल्मका कलाकार र वित्तिय संस्थाका कर्मचारीमा पनि लम्बाई बढाउने क्रेज देखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved