भर्खर सकियो गठबन्धनको बैठक, राष्ट्रपतिको कदमबारे विज्ञप्ति जारी हुँदै

नेपालभ्युज

भर्खर सकियो गठबन्धनको बैठक, राष्ट्रपतिको कदमबारे विज्ञप्ति जारी हुँदै
फाइल तश्वीर

काठमाडौं। नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमबारे गम्भीर विचारविमर्श गर्न बसेको सत्तारुढ गठबन्धनको बैठक सकिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको कदमपछि बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको हो ।

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राष्ट्रपतिको कदमबारे गठबन्धनको धारणा सार्वजनिक गर्न विज्ञप्ति ड्राफ्ट भइरहेको बताएका छन् । ‘राष्ट्रपतिको कदमका विषयमा गठबन्धनले विज्ञप्तिमार्फत धारणा स्पष्ट पार्दैछ । राष्ट्रपतिको कदमको संवैधानिक र कानुनी पाटाका विषयमा गठबन्धनले विज्ञप्तिमार्फत स्पष्ट पार्छ,’ उनले भने ।

गठबन्धनभित्र सिट बाँडफाँटका विषयमा छलफल बैठक बोलाइए पनि राष्ट्रपतिकै कदमको विषयमा बैठक केन्द्रित भएको नेताहरुको भनाइ छ । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले मंगलबार नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने भए पनि नगरेर संविधानको उलंघन गरेकी हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved