कमल थापाले भने- नागरिकता विधेयक प्रमाणीकरण नगर्नु राष्ट्रहित

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेर राष्ट्रहित काम गरेको बताएका छन्। संसद्का दुवै सदनले पारित गरेर पठाएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न अस्वीकार गरेपछि अध्यक्ष थापाको यस्तो धारणा आएको हो।

नेपालभ्युज

कमल थापाले भने- नागरिकता विधेयक प्रमाणीकरण नगर्नु राष्ट्रहित

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेर राष्ट्रहित काम गरेको बताएका छन्। संसद्का दुवै सदनले पारित गरेर पठाएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न अस्वीकार गरेपछि अध्यक्ष थापाको यस्तो धारणा आएको हो।

उनले विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधान संरक्षकको जिम्मेवारी निर्वाह भएको पनि जनाएका छन्।

सामाजिक सञ्जालमा लेख्दै थापाले प्रादेशिक पहिचानसहितको नागरिकता, महिलाहरूको लैङ्गिक हकको कार्यान्वयन, वैवाहिक अङ्गीकृत नागरिकता सम्बन्धमा संविधान अनुकूल संशोधन नगरिएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णय स्वाभाविक भएको उल्लेख गरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved