उपत्यकामा झन्डै ११ हजार संक्रमित थपिएपछि डेंगुलाई प्रकोप घोषणा गर्न आग्रह

डेंगुलाई प्रकोप घोषणा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरिएको छ। हाल देशका ७५ जिल्लामा डेंगु सङ्क्रमण फैलिएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आग्रह गरेको हो।

नेपालभ्युज

उपत्यकामा झन्डै ११ हजार संक्रमित थपिएपछि डेंगुलाई प्रकोप घोषणा गर्न आग्रह

काठमाडौं। डेंगुलाई प्रकोप घोषणा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरिएको छ। हाल देशका ७५ जिल्लामा डेंगु सङ्क्रमण फैलिएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आग्रह गरेको हो।

प्रकोपका रूपमा घोषणापछि डेंगु नियन्त्रणमा बहुसहकार्य हुने भएको भन्दै महाशाखाले यस्तो आग्रह गरेको हो।

उपत्यकामा तीव्र सङ्क्रमण देखिन थालेपछि यसबारे थप सजग हुन र नियन्त्रणमा जुट्न यस्तो माग गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले जानकारी दिए ।

उनका अनुसार देशभर डेंगु सङ्क्रमण अनपेक्षित ढङ्गले बढिरहेको छ । डेंगु नियन्त्रणका लागि सबै पक्षलाई आह्वान गर्न पनि महामारी वा प्रकोप घोषणा गर्नुपर्ने महाशाखाको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले डेंगु सङ्क्रमण तीव्र फैलिएकाले रोकथामका लागि सबै लागिपर्न आवश्यक रहेको बताए । देशभर डेंगु संक्रमितको सङ्ख्या १९ हजार २३ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको मंगलबारसम्मको तथ्यांकअनुसार मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ।

हाल संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौंमा छन्। काठमाडौंमा पाँच हजार एक सय ३१ जनामा डेंगु सङ्क्रमण भइसकेको छ। ललितपुरमा संक्रमितको सङ्ख्या पाँच हजार एक सय चार पुगेको छ। यस्तै, भक्तपुरमा सात सय १३ जनामा सङ्क्रमण देखिएको महाशाखाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved