आयोगले ५ लाख ५० हजार जरिवाना गर्नु भनेको लुट्नु हो : मेयर साम्पाङ

नेपालभ्युज

आयोगले ५ लाख ५० हजार जरिवाना गर्नु भनेको लुट्नु हो : मेयर साम्पाङ

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले निर्वाचन आयोगले तोकेको जरिवानाप्रति असन्तुष्टी व्यक्त गरेका छन् ।

मंगलबार साँझ सामाजिक संजालमा एक सन्देश पोष्ट गर्दै मेयर साम्पाङले असन्तुष्टी व्यक्त गरेका हुन् । उनले आफ्नो चुनवी खर्च २ लाख पनि नभएकोमा आयोगले ५ लाख ५० हजार जरिवाना गर्नु लुट्नु  हो भनेका छन् ।

उनले लेखेका छन्,’ दुई दिन ढिलो गरी खर्च विवरण पेश गरेको भनेर निर्वाचन आयोगले ५ लाख ५० हजार जरिवाना गर्नु भनेको लुट्नु हो ! मेरो पूरा खर्च नै २ लाख नि थिएन जरिवाना चाहिँ त्यति धेरै !’

निर्वाचन आयोगले खर्च विवरण ढिला गरि बुझाउने र खर्च विवरण नै नबुझाउने स्थानिय तह निर्वाचनका उम्मेद्वारलाई जरिवाना गरेपछि उनको यस्तो प्रतिक्रिया आएको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved