भदौमा करिब साढे २ अर्बको बिजुली भारतमा बिक्री, थप २१२ मेगावाट बेच्ने प्रस्ताव

बिजुली बिक्रीबाट अहिलेसम्म प्राधिकरणलाई ७ अर्ब भन्दा बढी आम्दानी

नेपालले भदौमा झण्डै साढे २ अर्ब रुपैयाँको विजुली भारतमा बिक्री गरेको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी बचेको बिजुली भारतमा निर्यात गरेको हो । यो अवधिमा २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत निर्यात गरी २ अर्ब ४१ करोड ६७ लाख ८२ हजार रुपैयाँ आम्दानी गरेको प्राधिकरणले जनाएको छ ।

नेपालभ्युज

भदौमा करिब साढे २ अर्बको बिजुली भारतमा बिक्री, थप २१२ मेगावाट बेच्ने प्रस्ताव

काठमाडौं  । नेपालले भदौमा झण्डै साढे २ अर्ब रुपैयाँको विजुली भारतमा बिक्री गरेको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी बचेको बिजुली भारतमा निर्यात गरेको हो ।

यो अवधिमा २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत निर्यात गरी २ अर्ब ४१ करोड ६७ लाख ८२ हजार रुपैयाँ आम्दानी गरेको प्राधिकरणले जनाएको छ । प्रााधिकरणले गत १९ जेठदेखि इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत बिजुली बिक्री गर्न थालेको थियो ।

प्राधिकरणले त्यसयता ७८ करोड ७८ हजार युनिट विद्युत भारतीय बजारमा बिक्री गरेको छ । त्यसबाट ७ अर्ब १९ करोड ८६ लाख रुपैयाँ आम्दानी गरेको प्राधिकरणले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हरेक महिना विद्युत निर्यात बढ्दा दुई मुलुकबीचको व्यापार घाटा केही कम गर्न योगदान पुगेको छ ।
प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षमा १६ अर्ब रुपैयाँको बिजुली बिक्री गर्ने लक्ष्य लिएको बताएका छन् । आईएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा बिजुली किनबेच हुने गरेको छ ।
प्राधिकरणले भदौमा निर्यात गरेको विद्युतको औसत दर प्रतियुनिट ९ रुपैयाँ ८० पैसा छ । चार महिनाको औसत दर प्रतियुनिट ९ रुपैयाँ २३ पैसा छ ।

प्राधिकरणले थप २१२ मेगावाट विद्युत  इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री गर्न प्रस्ताव गरेको छ । आठ आयोजनाबाट उत्पादित विद्युतलाई स्रोत मानी आईएक्समा प्रतिस्पर्धाबाट बिक्रीका लागि भारतको केन्द्रीय विद्युत प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेश गरेको हो ।

त्यसमा निजी क्षेत्रले निर्माण गरेका २९.०४ मेगावाटको लिखूखोला ए, २५ मेगावाटको काबेली बी-१, २२ मेगावाटको माईखोला, १४.९ मेगावाटको हेवाखोला ए र १० मेगावाटको तल्लो मोदी-१ जलविद्युतगृहबाट उत्पादित १००.९ मेगावाट विद्युत निर्यातको प्रस्ताव पनि छ ।

यसअघि ४२ मेगावाटको मिस्त्रीखोला, २४.२ मेगावाटको लिखुखोला ‘ए’, २३.५ मेगावाटको सोलूखोला,  २२.१ मेगावाटको चिलिमेको विद्युगृहबाट उत्पादित १११.८ मेगावाट विद्युत निर्यातको प्रस्ताव स्वीकृतिका लागि पेश गरिएको थियो ।

कार्यकारी निर्देशक घिसिङले यो प्रस्तावमा भारत सरकारबाट छिट्टै अनुमति प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved