बौद्ध नयाँ बस्ती नजिकै गोली चल्यो, एक जना घाईते

नेपालभ्युज

बौद्ध नयाँ बस्ती नजिकै गोली चल्यो, एक जना घाईते
प्रतिकात्मक तस्वीर ।

काठमाडौं । बौद्ध नयाँ बस्ती नजिकै गोली चलेको छ । सोमबार बेलुका गोली लागेर एकजना घाइते भएका छन् ।

गोली लागेर सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहम्मद दर्जी घाइते भएको प्रहरीले जनाएको छ । उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ ।

रातो टिर्सट र जिन्स लगाएका र मोटरसाइकलमा आएका व्यक्तिले आफूलाई गोली हानेर भागेको घाइते मोहम्मदले बताएका छन् । उनलाई तीन गोली लागेको बताइएको छ ।

घटनास्थलमा एउटा पेस्तोल र गोलीका केही खोका भेटिएको छ । कागेश्वरी मनोहरा नगरपालका ८ को कृष्णमन्दीर गेट अगाडी गोली चलेको हो । गोली हान्ने तीनजना रहेको बताइएको छ ।

तीन राउन्ड गोली चलेको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरीले नाका सिल गरेर आक्रमणकारीको खोजी गरिरहेको छ ।

दर्जी गार्मेन्ट संचालक भएको प्रहरीले पुष्टि गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved