एमालेबाट उम्मेदवारको बन्दसूची तयार, कुनै पनि पदाधिकारी परेनन्

नेपालभ्युज

एमालेबाट उम्मेदवारको बन्दसूची तयार, कुनै पनि पदाधिकारी परेनन्

काठमाडौं । आइतबार बसेको नेकपा एमालेको सचिवालय बैठकले समानुपातिक पद्धतितर्फको उम्मेदवारको बन्दसूची तयार पारेको छ । जसमा पार्टीका १९ पदाधिकारीमध्ये कसैको पनि नाम समेटिएको छैन ।

१९ पदाधिकारी मध्ये १५ जना प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिसमा परेका छन् । बाँकी चारजना पार्टीले बनाएको समानुपातिक उम्मेदवार छनोटको मापदण्डका कारण बन्दसूचीमा नपरेका हुन् ।

उपाध्यक्षहरु युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव विष्णु रिमाल यसअघि नै समानुपातिक पद्धतिबाट सांसद भइसकेका हुन् । उपाध्यक्ष रामबहादुर थापा वादल गत राष्ट्रियसभा उपनिर्वाचनमा उम्मेदवार भएकाले समानुपातिक सूचीमा नपरेका हुन् ।

एमालेले अघिल्लो निर्वाचनमा प्रतिस्पर्धा गरेको र यसअघि समानुपातिक सांसद भइसकेका नेतालाई समानुपातिकमा नदोहोर्याउने मापदण्ड तयार पारेको थियो । मापदण्डअनुसार यसअघि समानुपातिक सांसद भएका कोही पनि उम्मेदवारको बन्दसूचीमा दोहोरिएका छैनन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved