भारतबाट इन्धनको मूल्य घटेर आयो

नेपालभ्युज

भारतबाट इन्धनको मूल्य घटेर आयो

काठमाडौं। नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी)बाट इन्धनको मूल्य घटेर प्राप्त भएको छ।

शुक्रबार प्राप्त नयाँ मूल्यअनुसार डिजेलको मूल्य प्रतिलिटर ४४ पैसा, पेट्रोलको मूल्य ६ रुपैयाँ ५५ पैसा र हवाइ इन्धनको मूल्य एक रुपैयाँ ५० पैसा प्रतिलिटरका दरले घटेको निगमले जनाएको छ।

निगमका अनुसार अब पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ नाफा र डिजलमा प्रतिलिटर ५ रुपैयाँ बढी घाटा रहेको छ। नयाँ मूल्यपछि पनि मासिक २० करोड रुपैयाँ नोक्सानी रहेको निगमको दाबी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved