राजसंस्था राप्रपा नेपालको एजेन्डा होइन : कमल थापा

नेपालभ्युज

राजसंस्था राप्रपा नेपालको एजेन्डा होइन : कमल थापा

काठमाडौं । । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्ठा आफ्नो पार्टीको एजेन्डा नभएको बताएका छन् । बिहीबार राजविराजमा पत्रकारसँग कुराकानी गर्दै राजसंस्थाप्रति आस्था र विश्वास भएपनि अब राजसंस्था आफ्नो पार्टीको एजेन्डा नरहेको बताएका हुन् ।

उनले पूर्वराजा र राजसंस्थाका कारण आफ्नो मन कुँडिएको बताएका उनले पूर्वराजाको बिषयमा अब कुनै टीकाटिप्पणी नगर्ने समेत बताए ।

उनले भने- ‘पछिल्लो समयमा राजा, राजसंस्था र राजाको सचिवालयको व्यबहारबाट मेरो मन कुँडिएको छ, भाँचिएको छ’,  ‘तथापि त्यो संस्थाप्रतिको मेरो आस्था र विश्वास कायम छ । त्यो संस्था र राजाप्रतिको मायाको कारण अब सबै आरोप प्रत्यारोपबाट मुक्त भएर रहन चाहन्छु ।’

उनले  दलका नेताहरु सत्तामा पुग्न र  सत्तामा पुगेपछि टिक्नका लागी विदेशटी शक्तिको आशिर्वाद लिने आत्मसमर्पणवादी  रहेको समेत बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved