चोलेन्द्रले आरोप लगाएका पूर्व प्रधानन्यायाधीशहरू पनि समितिमा बयान दिन नजाने

नेपालभ्युज

चोलेन्द्रले आरोप लगाएका पूर्व प्रधानन्यायाधीशहरू पनि समितिमा बयान दिन नजाने

काठमाडौं। चोलेन्द्रशमशेर जबराले आरोप लगाएका पूर्व प्रधानन्यायाधीशहरूले पनि महाभियोग सिफारिस समितिमा नजाने  निर्णय गरेका छन् । महाभियोग सिफारिस समितिले बुधबार पत्र काटेर पूर्वप्रधानन्यायाधीशहरूलाई बिहीबार समितिमा बयानका लागि बोलाएको थियो ।

यसअघि, सर्वोच्च अदालतको पूर्ण बैठकले बुधबार नै महाभियोग सिफारिस समितिमा बयानका लागि नजाने निर्णय गरेका थिए । स्वतन्त्र न्यायपालिका र शक्ति पृथकीकरणको सिद्धान्तविपरित संसदीय समितिले बयानका लागि बोलाएपछि फुलकोर्टले समितिमा नजाने निर्णय गरेको थियो ।

त्यसलगत्तै पूर्व प्रधानन्यायाधीशहरू पनि महाभियोग सिफारिस समितिमा नजाने भएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved