साफ यू-१७ : उपाधिको लागि आज नेपाल र भारत खेल्दै

खेल श्रीलङ्काको रेस कोर्स मैदानमा आज बेलुका सवा ८ बजे सुरु हुनेछ ।

नेपालभ्युज

 साफ यू-१७ : उपाधिको लागि आज नेपाल र भारत खेल्दै

काठमाडौं।  १७ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधिका लागि आज बुधबार नेपाल र भारत खेल्दैछन् । खेल श्रीलङ्काको रेस कोर्स मैदानमा आज बेलुका सवा ८ बजे सुरु हुनेछ ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा भारतले बङ्गलादेशलाई २–१ ले हराएको थियो । दोस्रो सेमिफाइनलमा नेपालले आयोजक श्रीलङ्कालाई ६–० ले हराएर भारतसँगको भेट पक्का गरेको हो ।

प्रतियोगितामा नेपाल अपराजित रहँदै फाइनल पुगेको हो । भारतले भने समूह चरणमा नेपालसँग ३–१ गोलले हारेको थियो । त्यस्तै समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई हराएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved