महाभियोग सिफारिस समिति बैठक बस्दै, जबरालाई पूरक प्रश्न सोध्नेबारे आवश्यक निर्णय लिने

नेपालभ्युज

महाभियोग सिफारिस समिति बैठक बस्दै, जबरालाई पूरक प्रश्न सोध्नेबारे आवश्यक निर्णय लिने

काठमाडौं । महाभियोग सिफारिस समितिको बैठक आज पनि बस्ने भएको छ । बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पूरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिने भएको छ ।

जबरासँग पूरक प्रश्न सोध्ने विषयमा समितिमा विवाद छ । केही सदस्यहरुले महाअभियोग लगाउने आधार भेटिएको भन्दै पूरक प्रश्नको आवश्यकता नरहेको बताउँदै आएका छन् । विहान ९ बजे बस्ने बैठकले यस विषयमा आवश्यक निर्णय लिने बताइएको छ ।

गत १ फागुनमा प्रतिनिधिसभामा जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो । प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीशबाट निलम्बनमा परेका जबरासँग १५ भदौबाट महाअभियोग सिफारिस समितिले बयान लिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved