काठमाडौं १ मा स्वतन्त्र उम्मेद्वारी दिएका बमले ‘घण्टी’ लिने

नेपालभ्युज

काठमाडौं १ मा स्वतन्त्र उम्मेद्वारी दिएका बमले ‘घण्टी’ लिने

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका पुकार बमले  राष्ट्रिय स्वतन्त्र पार्टीको  चुनाव चिह्न घण्टीबाट चुनाव लड्ने भएका छन् ।

रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीभित्रको प्रारम्भिक निर्वाचनमा निर्वाचित भए पार्टी सदस्यता बिना नै चुनाव चिह्न घण्टी दिने सहमति भएपछि उनी घण्टीबाट चुनाव लड्न लागेका हुन् ।

उनले भने ‘राष्ट्रिय स्वतन्त्र पार्टीले प्रारम्भिक निर्वाचनबाट निर्वाचित भए पार्टीमा स्वतन्त्र रहने गरि ‘पार्टी सदस्यता बिना पनि’ आफ्नो चुनाव चिन्ह घण्टी निर्वाचन प्रयोजनका लागि मलाई पनि दिने भएको छ ।’

बमले  राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आभार प्रकट गर्दै  राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाण्डौं १ लागि प्रस्तावित उम्मेदवारका रुपमा निशर्त पार्टीको प्रारम्भीक निर्वाचनमा सरिक हुने जानकारी दिए ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved