आइएमई र क्रिस्टल डाइग्नोस्टिकबीच साझेदारी सम्झौता

नेपालभ्युज

आइएमई र क्रिस्टल डाइग्नोस्टिकबीच साझेदारी सम्झौता

काठमाडौं। आइएमई पे र सिनामंगलस्थित क्रिस्टल डाइग्नोस्टिकबीच साझेदारी सम्झौता भएको छ । सम्झौताअनुसार क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पेमार्फत भुक्तानी गर्दा फ्ल्याट १५% छुट प्राप्त गर्न सकिन्छ ।

नेपालीहरूको महान् चाड दसैं–तिहारको अवसर पारी सार्वजनिक गरिएको यस सम्झौतामार्फत आइएमई पेको प्रयोगकर्ताहरूले क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पे मार्फत भुक्तानी गर्दा फ्ल्याट १५% छुट पाउनुहुनेछ ।

हाल ३ महिनाको लागि मात्र गरिएको यस सम्झौतामार्फत ग्राहकहरूले क्रिस्टल डाइग्नोस्टिकको आउटसोर्सिङ टेस्ट र अल्ट्रासाउन्ड सेवाबाहेक अरू सबै सेवामा सो छुट प्राप्त गर्न सक्ने जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved