२४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। २ जनाको मृत्यु भएको छ। ३ हजार ५८७ जनाको परीक्षणमा १०४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

नेपालभ्युज

२४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। २ जनाको मृत्यु भएको छ। ३ हजार ५८७ जनाको परीक्षणमा १०४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५९२ जनाको पीसीआर परीक्षण गर्दा ८९ जना र १ हजार ९९५ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार ३१६ जना पुगेको छ। पछिल्लो २४ घण्टामा २०१ जना संक्रमणमुक्त भएका छन्।
जसमध्ये २ हजार २३६ जना होम आइसोलेसनमा रहेका छन्। ८० जना संस्थागत आइसोलेसन र १४ जना आईसीयूमा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved