युक्रेनी सेना प्रमुख पूर्वी सहर कुपियान्स्कमा प्रवेश,  रुसका सेना भागेको दाबी

युक्रेनको रक्षा मन्त्रालयको दाबी अनुसार युक्रेनी सेनाले भीषण आक्रमण गरेपछि रुसी सेना कुपियान्स्कबाट भागेका छन् ।

नेपालभ्युज

युक्रेनी सेना प्रमुख पूर्वी सहर कुपियान्स्कमा प्रवेश,  रुसका सेना भागेको दाबी
युक्रेनी सेनाहरू प्रमुख पूर्वी सहर कुपियान्स्कमा प्रवेश गर्दै । तश्वीर : एजेन्सी

कीभ। युक्रेनी सेनाहरू प्रमुख पूर्वी सहर कुपियान्स्कमा प्रवेश गरेका छन् । युक्रेनको रक्षा मन्त्रालयको दाबी अनुसार युक्रेनी सेनाले भीषण आक्रमण गरेपछि रुसी सेना कुपियान्स्कबाट भागेका छन् ।

कुपियान्स्क पूर्वी युक्रेनमा रुसी सेनाका लागि अत्यावश्यक आपूर्ति केन्द्र हो । यो सहरलाई रुसले फेब्रुअरीमा आक्रमण भएको एक सातापछि नै कब्जामा लिएको थियो ।  युक्रेनी विशेष बलहरूले कुपियान्स्क फिर्ता गर्नुलाई निकै महत्वपूर्ण सफलता भनेका छन् ।

बीबीसीले लेखेको छ, “यदि युक्रेनी सेनाले यो सहर फिर्ता गरेको हो भने रुसले कब्जा गरेका हरेक ठाउँ पुन फर्काउन युक्रेन सक्षम र सफल हुँदैछ।”

यसअघि बेलायती रक्षा अधिकारीहरूले युक्रेनले रुसको नियन्त्रणमा रहेको क्षेत्रमा युक्रेनी सेना ५० किलोमिटर अगाडि बढेको बताएका थिए।रुसले कब्जा गरेका अन्य थुप्रै सहरलाई अहिले युक्रेनी सेनाले घेरेका छन् । युक्रेनी सेना पूर्वी क्षेत्रमा मात्रै नभई दक्षिणी क्षेत्रमा पनि अघि बढेका छन् । युक्रेनी सेनाको दक्षिणी कमाण्डका प्रवक्ता नतालिया गुमेन्युकले आफ्ना सना कयौँ किलोमिटर अगाडि बढेका छन् ।

युद्धमा युक्रेन हाबी बन्दै गएपछि रुसले आफूले कब्जा गरेको सहरको रक्षा गर्न सबैभन्दा अनुभवी सेना तैनाथ गर्न सुरु गरेको छ । दक्षिणी मोर्चामा लडिरहेका रुसी सेनाहरू रक्षात्मक स्थितिमा बसेका छन्  । “हामी अगाडि बढिरहेका छौं,” युक्रेनको सशस्त्र सेनाका कमाण्डर जनरल भ्यालेरी जालुज्नीले शुक्रबार दिउँसो फेसबुक अपडेटमा लेखेका छन्, “हामीलाई स्पष्ट रूपमा थाहा छ कि हामी केको लागि लडिरहेका छौं र हामी निश्चित रूपमा जित्नेछौं।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved