आज पनि भारी वर्षा हुने, सतर्क रहन आग्रह

आज पनि देशभरको मौसममा बदली रहेर कतै कतै भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

नेपालभ्युज

आज पनि भारी वर्षा हुने, सतर्क रहन आग्रह

काठमाडौं। आज पनि देशभरको मौसममा बदली रहेर कतै कतै भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज बिहानदेखि रातिसम्मै देशभर आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ। देशको पहाडी भूभागका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र बागमती प्रदेशका एकदुई स्थानमा मेघ गर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना छ।

भारी वर्षाको सम्भावना रहेका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै खहरे खोलाहरूमा पानीको बहाव बढ्न सक्ने भएकोले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved