भारत भ्रमणमा जाँदै परराष्ट्र सचिव पौड्याल

नेपालभ्युज

भारत भ्रमणमा जाँदै परराष्ट्र सचिव पौड्याल

काठमाडौं । परराष्ट्र सचिव भरतराज पौड्याल भारतका विदेश सचिव विनय मोहन क्वात्राको मैत्रीपूर्ण निमन्त्रणामा यही भदौ २८ गते भारतको औपचारिक भ्रमणमा जाने भएका छन्।

परराष्ट्र सचिव पौड्यालले भदौ २८ देखि २९ गते (सेप्टेम्बर १३ देखि १४ तारिख) सम्म भारतको औपचारिक भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा सचिव पौड्यालले आफ्ना भारतीय समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्  ।

भेटवार्तामा दुई पक्षबीच नेपाल र भारतबीचको सहयोगका विभिन्न क्षेत्रमा छलफल हुने बताइएको छ । भ्रमण सम्पन्न गरी सचिव पौड्याल भदौ ३० गते स्वदेश फर्कनेछन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved