साफ महिला च्याम्पियनसिपमा भुटानको धमाकेदार जित

नेपालभ्युज

साफ महिला च्याम्पियनसिपमा भुटानको धमाकेदार जित

काठमाडौँ । महिला साफ च्याम्पियनसिपमा भुटानले पहिलो जित निकालेको छ ।

काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा भुटानले श्रीलंकालाई ५-० गोल अन्तरले पराजित गरेको हो ।
भुटानका लागि नामङ्याल डेमालले १ र डेकी ल्हाजोमले २ गोल गरे । खेलको ४३औँ मिनेटमा डेमाको गोलले भुटानले अग्रता लिएको हो । साफको इतिहासमा श्रीलंकाविरुद्ध यो भुटानको दोस्रो गोल हो ।

डेकीले खेलको ५० औँ मिनेटमा भुटानका लागि दोस्रो गोल गरिन्। खेलको ६४ औँ मिनेटमा पेनाल्टीमा डेकीले भुटानका लागि तेस्रो गोल गरिन् ।

प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्स गरी ७ राष्ट्रको सहभागिता रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved