निर्वाचन कार्यतालिका सार्वजनिक, कोजाग्रत पूर्णिमाको दिन उम्मेदवारी दर्ता

नेपालभ्युज

निर्वाचन कार्यतालिका सार्वजनिक, कोजाग्रत पूर्णिमाको दिन उम्मेदवारी दर्ता
फाइल फोटो

काठमाडौं । निर्वाचन आयोगले  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले  मंसिर ४ गते हुने निर्वाचन कार्यतालिका बिहिबार सार्वजनिक गरेको हो । कार्यतालिका अनुसारअसोज २३ मा उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।

यस अनुसार  टीकाको ४ दिनपछि अर्थात कोजाग्रत पूर्णिमाको दिन देशभर उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । त्यस्तै २४ असोजमा उम्मेदवारको विरोधमा उजुरी दिने, २४ र २५ असोजमा उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र २५ गते नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार २६ असोजमा उम्मेदवारलाई नाम फिर्ताको समय दिइएको छ । अन्तिम नामावली पनि असोज २६ कै दिन प्रकाशन हुनेछ र चुनाव चिह्न पनि सोही दिन वितरण गरिनेछ ।

असोज २ मा  समानुपातिक  उम्मेदवारको बन्द सूची बुझाउने कार्यतालिका रहेको छ ।  प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्द सूचीमा नाम समावेश भएको व्यक्तिले प्रत्यक्षतर्फ भने उम्मेदवार हुन नपाउने प्रावधान रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved