कमेडियन अपूर्व क्षितिजलाई थुनामा राख्न म्याद थप्ने तयारी

नेपालभ्युज

कमेडियन अपूर्व क्षितिजलाई थुनामा राख्न म्याद थप्ने तयारी

काठमाडौं । नेवारी समुदायको आस्था र रहनसहनमाथि आघात पुर्‍याएको आरोपमा पक्राउ परेका कमेडियन अपूर्व क्षितिज सिंहलाई थुनामा राख्ने म्याद थप्न प्रहरीले प्रक्रिया अघि बढाएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेश मैनालीले सिंहले अभद्र व्यवहारको कसुरमा थुनामा रहेका उनीमाथि अनुसन्धान नसकिएका कारण म्याद थपका लागि जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराउन लागेको बताए ।

यसअघि, प्रशासनले उनलाई १० दिन थुनामा राख्न अनुमति दिएको थियो । त्यो १० दिनको म्याद सकिएकाले म्याद थप्न लागेको उनले बताए ।

नेवारी समुदायको आस्था र रहनसहनमाथि जथाभावी बोलेको भन्दै नेवार समुदायको आक्रोश बढ्न थालेपछि क्षीतिजले युट्युबबाट भिडियो हटाएका थिए ।

उनले फेसबुकमार्फत माफी पनि मागेका थिए । तर, सम्पदा संरक्षण महाअभियानको नेतृत्वमा १०४ जनाको हस्ताक्षरसहित जिल्ला प्रहरी परिसर, टेकुमा किटानी जाहेरी दर्ता भयो । सोधपुछका लागि बोलाइएका अपूर्व भदौ १२ गते अभद्र व्यवहारको कसूरमा पक्राउ परेका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved