साफ यू–१७ : नेपाल र भुटान भिड्दै

नेपालभ्युज

 साफ यू–१७ : नेपाल र भुटान भिड्दै

काठमाडौं । साफ यू–१७ पुरुष फुटबल प्रतियोगितामा नेपाल बुधबार भुटानसँग खेल्दैछश्रीलङ्कामा जारी प्रतियोगितामा नेपाल र भुटानबीचको खेल नेपाली समय अनुसार राति सवा ८ बजे सुरु हुनेछ । 

उद्घाटन खेलमा भुटान भारतसँग ३–० गोल अन्तरले पराजित भएको थियो । नेपाल, भुटान र भारतसँगै समुह ‘बी’ मा छ । नेपालले आगामी शुक्रबार भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

समुह ए मा श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेका छन् । समुह चरणको अन्त्यमा शीर्ष स्थानमा भएको टोली सेमिफाइनल प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल सेप्टेम्बर १४ मा हुनेछ ।  


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved