मंगलबार सेयर बजारमा २१ अंकको गिरावट, कारोबार रकममा वृद्धि

नेपालभ्युज

मंगलबार सेयर बजारमा २१ अंकको गिरावट, कारोबार रकममा वृद्धि

काठमाडौं। सेयर बजारका मंगलबार पनि  गिरावट आएको छ । कारोबार सुरू भएदेखि नै घट्न थालेको नेप्से अन्तिम समयसम्ममा घट्दै २१ अंक खुम्चिएर बन्द भएको हो । यससँगै, नेप्से परिसूचक १९ सय ५१ अंकमा आएर रोकिएको छ ।

यस्तै, आज सेन्सेटिभ समूहमा ३.८९ अंकको गिरावट आउँदै ३७९.०५ अंकमा आइपुगेको छ । यो १.०२ प्रतिशतको गिरावट हो । यस क्रममा आज नेप्सेमा १ अर्ब १९ करोड ७ लाख रुपैयाँ बराबरको ३२ लाख ९ हजार कित्ता सेयर किनबेच भएको छ ।

नेप्से घटे पनि आज म्युचुअल फन्ड समूहमा भने सुधार आएको छ । आज यो समूह ०.०६ अंकले बढेको छ भने यो बाहेक अन्य कुनै पनि समूहमा सुधार आएको छैन । घटेकामध्ये निर्जीवन बिमा कम्पनी समूह १४७ अंकले घटेको छ । यस्तै, जीवन बीमा समूह ८५ अंकले घटेको छ ।

यसैगरी, विकास बैंक समूह ६४ अंकले घटेको छ भने लघवित्त समूह ५२ अंकले घटेको छ । यस्तै, जलविद्युत समूह ४६ अंकले घट्दा वित्त समूह ३५ अंकले घटेको छ । परिसूचक उच्च अंकले घटे पनि आज उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.६८ प्रतिशतले बढेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved