केन्या-नेपाल क्रिकेट

एकदिवसीय सिरिजमा नेपालको ‘क्लिनस्विप’

नेपालका लागि तीनजना खेलाडीले अर्धसतक बनाए । अर्जुन साउदले ५८ तथा बसिर अहमद र आसिफ शेखले ५६-५६ रन बनाए ।

नेपालभ्युज

एकदिवसीय सिरिजमा नेपालको ‘क्लिनस्विप’

काठमाडौं । केन्याविरुद्धको ३ खेलको एकदिवसीय सिरिज नेपालले क्लिनस्विप गरेको छ ।

नैरोबी जिमखाना मैदानमा सोमबार भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले केन्यालाई ६ विकेटले पराजित गर्दै सिरिज ह्वाइटवास गरेको हो ।

२५६ रनको लक्ष्य नेपालले ४७ ओभर १ बलमा ४ विकेट गुमाएर भेट्टायो । नेपालका लागि तीनजना खेलाडीले अर्धसतक बनाए । अर्जुन साउदले ५८ तथा बसिर अहमद र आसिफ शेखले ५६-५६ रन बनाए ।

यसैगरी रोहित पौडेलले ४२ र  ज्ञानेन्द्र मल्लले ३३ रनको योगदान गरे । केन्याका लागि भिराज पटेलले २ र शेम न्गोचेले १ विकेट लिए ।

टस जितेर ब्याटिङ रोजेको केन्याले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५५ रन बनाएको थियो । कोलिन्स ओबुयाले ८४ र लुकसले ५९ रन बनाए । नेपालका लागि मोहम्मद आदिलले ३ र सोमपाल कामीले २ विकेट लिए । यसबाहेक शाहाब आलम, बसिर अहमदले १–१ विकेट लिए ।

एकदिवसीय सिरिजमा नेपालले पहिलो खेल ७ विकेट र दोस्रो खेल १७ रनले पराजित गरेको थियो । यसअघि नेपालले टि ट्वान्टी सिरिज पनि जितेको थियो । 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved