‘प्रेमगीत ३’ को हिन्दी भर्सनको गीत ट्रेन्डिङमा

नेपालभ्युज

‘प्रेमगीत ३’ को हिन्दी भर्सनको गीत ट्रेन्डिङमा

काठमाडौं । असोज ७ देखि नेपाल र भारतका हलहरूमा एकसाथ रिलिज हुन लागेको चलचित्र ‘प्रेमगीत ३’ को हिन्दीमा डब भएको ‘कोही ना कोही नाता हे मेरा तुज्से’ बोलको गीत ट्रेन्डिङ नम्बर १ मा परेको छ ।

८६.६ मिलियन फलोअर्स भएको युटयुब च्यानल ‘जी म्युजिक कम्पनी’ बाट सार्वजनिक गरिएको उक्त भिडिओलाई ५० लाखभन्दा बढीले हेरेका छन् ।

उक्त गीतमा बलिउड गायक जुबिन नौटियालले स्वर दिएका छन् । भिडिओमा नायक प्रदीप खड्का र नवनायिका क्रिस्टिना गुरुङ फिचर्ड छन् । रुबी फुलारा र सुभाष कालेको शब्द रहेको गीतमा संगीतकार पवनदीप राजनले संगीत भरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved