मुद्रास्फीति र बेरोजगारीले सरकारप्रति घृणा बढ्यो : राहुल गान्धी

नेपालभ्युज

मुद्रास्फीति र बेरोजगारीले सरकारप्रति घृणा बढ्यो : राहुल गान्धी

नयाँ दिल्ली ।  काँग्रेस नेता राहुल गान्धीले आइतबार नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारको कडा आलोचना गर्दै देशमा बेरोजगारीको समस्या बढ्दो अवस्थामा रहेको दावी गरेका छन् । उनले भारतीय जनता पार्टी (भाजपा) र राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ले देशलाई विभाजित गरिरहेको आरोप लगाएका छन् ।

भविष्य, महँगी र बेरोजगारीका कारण हरेक भारतीयको मनमा डरको भावना व्याप्त भएको र यसले उनीहरूलाई घृणातर्फ मोडिइरहेको पनि उनले दावी गरे । उनले भने, ‘देशमा मुद्रास्फीति र बेरोजगारीको दर बढिरहेको छ र यसैका कारण भारतबासीमा सरकार र प्रशासनप्रति घृणा बढिरहेको छ ।’

सम्बोधनका क्रममा उनले वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी सरकारबाट के गरिब, किसान वा साना व्यापारीले कुनै लाभ पाइरहेका छन् भनी प्रश्न गरे । उनले सभामा सहभागी दर्शकहरूतर्फ सङ्केत गर्दै भने, ‘एक किसिमले तपाईं बेरोजगारीबाट प्रभावित हुनुभएको छ यो भाजपा र वर्तमान प्रधानमन्त्रीको कारण भएको हो ।’

उनले भने, ‘त्यसैगरी भारतीयहरू मूल्यवृद्धिको मारमा परेका छन् । नरेन्द्र मोदीले सत्तरी वर्षमा काँग्रेसले के गर्‍यो भनेर प्रश्न गरेका छन् । सत्तरी वर्षमा काँग्रेसले देशमा यस्तो मूल्य वृद्धि  आउन दिएको थिएन ।’
उनले थपे, ‘विपक्षीहरूले यो मुद्दा संसदमा उठाउन खोज्दा सरकारले यसलाई अनुमति नदिएको दावी उनको थियो । किसानको मुद्दा होस् वा चीनसँगको सरकार यसमा उदाशीन छ ।’

सबै विपक्षी दल एकजुट भएर भाजपा र आरएसएसलाई परास्त गर्ने दिन आएको उनले बताए। ‘हामी चीनको आक्रमण, बेरोजगारी, महँगीबारे कुरा गर्न चाहन्छौं, तर भाजपाले हाम्रो पार्टीलाई रोकेको छ । मिडिया होस्, न्यायपालिका होस् वा निर्वाचन आयोग, सबै संस्थाहरू दबाबमा छन् । त्यसैले मानिसहरू कहाँ जाने एक मात्र बाटो बाँकी छ । यही कारण काँग्रेस भारत जोडौ यात्रा शुरू गर्दैछ ।

‘यो विचारधाराको लडाइँ हो र भाजपा र आरएसएसलाई हराउन सबै विपक्षी दल एक साथ आउनेछन्, ‘राहुल गान्धीले भारतको राजधानी दिल्लीको रामलीला मैदानमा आयोजित विशाल र्‍यालीलाई सम्बोधन गर्दै भने ।
देशमा महँगी, बेरोजगारी र वस्तु तथा सेवा करवृद्धिको विरोधमा काँग्रेसले आइतबार ‘मेहङ्गाई पर हल्ला बोल’ नामक विशाल र्‍याली निकालेको हो । एएनआइ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved