आफूलाई गाली गर्नेलाई जेल हाल्ने मेयर हर्क साम्पाङको चेतावनी

नेपालभ्युज

आफूलाई गाली गर्नेलाई जेल हाल्ने मेयर हर्क साम्पाङको चेतावनी

काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई पछिल्लो समय निकै चर्चामा छन् । स्वतन्त्र उम्मेदवारी दिएर मेयरमा विजयी भएमा साम्पाङको सुरु सुरुमा निकै तारिफ भयो । तर पछिल्लो समय साम्पाङले ताली भन्दा धेरै गाली र आलोचना पाउने गरेका छन् ।

खासगरी काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको आलोचना गर्ने र फेसबुकमा एक दिनमै धेरै स्टाटस लेख्न थालेपछि उनको आलोचना सुरु भएको छ । आफूलाई आलोचना गर्नेविरुद्ध साम्पाङले पनि कडा आलोचना गर्दै आएका छन् ।

तल्लो स्तरका शब्द प्रयोग गरेर समेत गाली  आउन थालेपछि मेयर साम्पाङले उनिहरुलाई जेल हाल्ने धम्की दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, “विरोध गर्न लोकतन्त्रमा पाइन्छ ! तर्क सहितको विरोध र बहसलाई मैले सधैव धन्यवाद दिंदै आएकैछु तर तल्लो स्तरको शब्द प्रयोग गरेर गालि गर्ने छुट कसैलाई छैन ! पत्ता लगाएर जेल हाल्न नपरोस् !”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved