स्कूल ड्रेसमा रहेका २ विद्यार्थीको ६ तले घरबाट खसेर मृत्यु

नेपालभ्युज

स्कूल ड्रेसमा रहेका २ विद्यार्थीको ६ तले घरबाट खसेर मृत्यु
सांकेतिक तस्वीर।

काठमाडौं । काठमाडौंको बुद्धनगरमा रहेको एक घरको ६ तलाबाट खसेर दुई स्कुले विद्यार्थीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अन्दाजी १३ र १४ वर्षका अनिकेत रोय र कृतिका जैसवाल रहेका छन् । प्रहरी वृत्त, बानेश्वरका अनुसार बुधबार बेलुका साढे ६ बजेतिर बुटवल पावर कम्पनि नजिकैको एक निर्माणाधीन घरको ६ तला माथिबाट उनीहरु खसेका थिए ।

गम्भीर अवस्थामा रहेका उनीहरूलाई उपचारका लागि सिभिल अस्पताल बानेश्वर पुर्‍याइए पनि चिकित्सकले तत्काल मृत घोषित गरेका थिए ।

प्रहरीका अनुसार उनीहरू मध्यबानेश्वरमा रहेको पाठशाला स्कुलमा कक्षा ९ मा पढ्ने विद्यार्थी हुन् । उनहरु घरबाट हाम्फालेका हुन् या दुर्घटना भएको हो भन्ने स्पष्ट भइसकेको छैन ।

उनीहरु पेप्सीकोलामा बस्दै आएका थिए । बुधबार विद्यालयबाट उनीहरू किन बुद्धनगर पुगे भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

निर्माणाधीन घरमा काम गर्ने मजदुरहरूले उनीहरू घरमा चढिरहेको देखेको बताएका छन् । प्रहरीले हालसम्म घटनासँग जोडिएका शंकास्पद विषयवस्तु फेला नपारेको जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved