सत्तारूढ गठबन्धनको बैठक सकियो, सिट बाँडफाँटमा कुरा मिलेन

नेपालभ्युज

सत्तारूढ गठबन्धनको बैठक सकियो, सिट बाँडफाँटमा कुरा मिलेन
फाइल तश्वीर

काठमाडौं । सत्तारुढ गठबन्धनको बालुवाटारमा बसेको बैठक सकिएको छ । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा चुनावमा सिटको बाँडफाँट गर्न बसेको सत्ता गठबन्धन शीर्ष नेताहरूको बैठकले सिट बाँडफाँटमा सहमति गर्न सकेन ।

बुधबार साँझ ५ बजेदेखि ८ बजेसम्म बसेको बैठकमा सिट बाँडफाँटमा सहमति बन्न नसकेपछि विहीबार बिहान पुनः छलफललाई निरन्तरता दिने सहमति बनेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
बैठकमा गठबन्धनमा सहभागी सबै दल आफ्नो अडानबाट टसमस भएनन् । कांग्रेसले १००, माओवादीले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटको पुरानै दावीलाई आजको बैठकमा पनि निरन्तरता दिएका छन् ।

बालुवाटार बैठकबाट गठबन्धनका अन्य दलहरू निस्किए पनि कांग्रेसका नेताहरू आन्तरिक छलफल गरिरहेका छन् । कांग्रेसमा संस्थापन इतर समूहले १०० सिट घट्न नहुने अडान लिइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved