२४ घण्टामा २७१ जनामा कोरोना संक्रमण, १ को मृत्यु

नेपालभ्युज

२४ घण्टामा २७१ जनामा कोरोना संक्रमण, १ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा २७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालययका अनुसार दुई हजार ४८५ पीसीआर परीक्षणमा २२४ जना र एक हजार ४३५ एन्टिजेन परीक्षणमा ४७ जना गरी २७१ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७५ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार १९४ रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved