सिट बाँडफाँट आजै टुंगो लगाउने सत्ता गठबन्धनको तयारी

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सत्ता गठबन्धनले आज बुधबार सिट बाँडफाँटको टुंगो लगाउने तयारी गरेको छ ।

नेपालभ्युज

 सिट बाँडफाँट आजै टुंगो लगाउने सत्ता गठबन्धनको तयारी
फाइल तश्वीर

काठमाडौं। मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सत्ता गठबन्धनले आज बुधबार सिट बाँडफाँटको टुंगो लगाउने तयारी गरेको छ । सिट बाँडफाँटको टुंगो लगाउन बुधबार विभिन्न पार्टीका आन्तरिक बैठक र संयुक्त बैठक बस्दैछन् ।

गठबन्धनका शीर्ष नेताहरुको बैठक आज ५ बजे बोलाइएको छ । सोमबार भएको एक कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार सिट बाँडफाँट टुंगिने बताएका थिए ।

बुधबार गठबन्धनका नेताहरुको बैठक बस्नुअघि सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बिहान ९ बजे बालुवाटारमा बस्दै छ । माओवादी अध्यक्ष प्रचण्डले पनि पार्टीका नेताहरुसँग छलफल गर्दैछन् ।

सिट बाँडफाँटको टुंगो लगाउन सत्ता गठबन्धनका दलले ११ सदस्यीय कार्यदल बनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved