डेंगु संक्रमण फैलने क्रम तीव्र, ७० जिल्लामा फैलियाे, ४ जना आइसीयूमा

देशभरका ७० जिल्लामा डेंगु संक्रमण फैलिएको छ । गत पुसदेखि अहिलेसम्मको अवधिमा २ हजार ५ सय ३९ जनामा डेंगु पुष्टि भइसकेका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

नेपालभ्युज

डेंगु संक्रमण फैलने क्रम तीव्र, ७० जिल्लामा फैलियाे, ४ जना आइसीयूमा

काठमाडौं। देशभरका ७० जिल्लामा डेंगु संक्रमण फैलिएको छ । गत पुसदेखि अहिलेसम्मको अवधिमा २ हजार ५ सय ३९ जनामा डेंगु पुष्टि भइसकेका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

अहिले डेंगुको सक्रिय संक्रमित देशभरमा ७० जना रहेको महाशाखाले जनाएको छ।

टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै १७ जना उपचाररत छन्। तीमध्ये चार जनाको अवस्था गम्भीर छ। उनीहरू आइसियुमा छन्। अस्पतालमा दिनहुँ ७० जनासम्म संक्रमित उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ।

पुस यता सबभन्दा बढी ललितपुरमा ८ सय ५८ संक्रमित भेटिएका छन्। रुपन्देहीमा ३ सय ६३, काठमाडौंमा ३ सय ३२ संक्रमित छन्। धादिङमा ७३, तेह्रथुममा ६५, सिन्धुलीमा ६१, भक्तपुरमा ५४, सङ्खुवासभामा ५१ संक्रमित भेटिएका छन्। यस्तै डेंगु संक्रमित हुनेमा अर्घाखाँचीमा ५० र गुल्मीमा ४९ जना छन्।

वाग्मती प्रदेशमा १ हजार ४ सय ७८, लुम्बिनीमा ४ सय २, प्रदेश १ मा १ सय ६, सुदूरपश्चिममा ४७, मधेस र गण्डकीमा ३६्\३६, कर्णालीमा १८ जनामा डेंगु पुष्टि भएको महाशाखाले जनाएको छ।

यसकारण लाग्छ डेंगु, यस्ता छन् लक्षणहरू

डेंगु भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेले टोक्दा संक्रमण हुने टेकु अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसे बताउँछन्।

संक्रमितमध्ये अधिकांशमा १०४–१०५ डिग्रीसम्म कडा ज्वरो आउने, टाउको, पेट र जीउ दुख्ने, खान मन नलाग्ने, वाकवाकी, बान्ता हुने, एकदमै कमजोरी अनुभव हुनेजस्ता लक्षण देखिने चालिसे बताउँछन्।

आँखाको गेडी दुख्ने, हाडजोर्नी, मांसपेशी र ढाड दुख्ने, रिंगटा लाग्ने, श्वासप्रश्वासमा समस्या आउने, नाक वा गिँजाबाट रगत बग्ने, रक्तस्राव हुने, बेहोस हुनेजस्ता लक्षण पनि देखा पर्न सक्ने महाशाखाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved