एलन मस्क विश्वकै धनी, भारतका अडानी तेस्रो स्थानमा उक्लिए, कसको सम्पत्ति कति ?

भारतका गौतम अडानी तेस्रो स्थानमा उक्लिएका छन् । अडानी समूहका प्रमुख गौतमको  कुल सम्पत्ति १ खर्ब ३७.४ अर्ब डलर पुगेको छ । उनी अब बेजोससँग निकट पुगेका छन् । पछिल्लो पटक उनले १ खर्ब १२ अर्ब डलरको सम्पत्ति थपेका छन् । 

नेपालभ्युज

एलन मस्क विश्वकै धनी, भारतका अडानी तेस्रो स्थानमा उक्लिए, कसको सम्पत्ति कति ?

काठमाडौं । एलन मस्क विश्वका धनीको सूचीमा अग्रस्थानमा कायमै छन् । ब्लूमबर्गको ताजा रिपोर्टमा मस्कको सम्पत्ति २ खर्ब ५१ अर्ब डलर पुगेको छ ।

उनी लामो समयदेखि यो सूचीमा पहिलो स्थानमा छन् । दोस्रो स्थानमा जेफ बेजोस पनि कायमै छन् । पहिलो र दोस्रो स्थानका धनीको सम्पत्तिबीचमा ठुलो अन्तर छ । बेजोसको कुल सम्पत्ति १ खर्ब ५३ अर्ब छ ।

भारतका गौतम अडानी तेस्रो स्थानमा उक्लिएका छन् । अडानी समूहका प्रमुख गौतमको  कुल सम्पत्ति १ खर्ब ३७.४ अर्ब डलर पुगेको छ । उनी अब बेजोससँग निकट पुगेका छन् । पछिल्लो पटक उनले १ खर्ब १२ अर्ब डलरको सम्पत्ति थपेका छन् ।

ब्लूमबर्गको अर्बपतिको सूचीमा शिर्ष तीनभित्र पर्ने अडानी पहिलो एसियाली हुन् । गत पाँच वर्षमा अडानी समूहले एयरपोर्ट, सिमेन्ट, रिफाइनिङ, सडक लगायतका क्षेत्रमा ठुलो लगानी गरिरहेको छ । यो समूह रिलायंस र टाटा ग्रुपपछि भारतको सबैभन्दा ठुलो कारोबारी समूह हो ।

बिल गेट्स १ खर्ब १७ अर्ब डलरको सम्पत्तिसहित पाँचौ स्थानमा छन् । यस्तै भारतका मुकेश अंबानी ११ औ स्थानमा छन् । पचासभित्र भारतका तीनजना परेका छन् । प्रविधिमा लगानी गरिरहेका अजित प्रेम जी ४७ औ स्थानमा छन् ।

सूचीको पहिलो दश स्थानमा अमेरिकाका मात्रै आठजना छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved