मलेसिया। मलेसियामा सोमबार बिहान शक्तिशाली भूकम्प गएको छ । राजधानी क्वालालम्पुरबाट दक्षिण-पश्चिम क्षेत्रलाई केन्द्र बिन्दु बनाएर ६ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको मलेसियाको भूकम्प मापन केन्द्रले जनाएको छ।
राजधानी क्वालालम्पुरबाट ५६६ किलोमिटर दक्षिण पश्चिम क्षेत्रमा केन्द्र रहेको उक्त भूकम्पको गहिराइ १० किलोमिटर रहेको भूकम्प मापन केन्द्रले जनाएको छ। स्थानीय समयअनुसार सोमबार बिहान ८ बजेर ५९ मिनेट जादा उक्त भूकम्प गएको हो।
भूकम्पले पुर्याएको भौतिक तथा मानवीय क्षतिको विवरण भने सार्वजनिक भएको छैन ।
Facebook Comment
Comment