इरानसँग आणविक सम्झौता पुनरूत्थानका लागि इजरायली गुप्तचर प्रमुख अमेरिका जाने

नेपालभ्युज

इरानसँग आणविक सम्झौता पुनरूत्थानका लागि इजरायली गुप्तचर प्रमुख अमेरिका जाने

जेरुसेलम । इजरायलको मोसाद जासुसी एजेन्सीका प्रमुखले इरानसँगको आणविक सम्झौताको पुनरुत्थान वार्ताबारे  छलफलका लागि सेप्टेम्बरको सुरुमा संयुक्त राज्य अमेरिकाको भ्रमण गर्ने भएका छन् ।

तेहरानसँग सन् २०१५ मा भएको ऐतिहासिक सम्झौतामा फर्कन पश्चिमा शक्तिहरूलाई पन्छाउने यहूदी राज्यको प्रयासपछिको हुनलागेको पछिल्लो भ्रमण हो । इजरायलले यो सम्झौताले इरान समर्थित लडाकूलाई आर्थिक सहयोग गर्न सहज बनाउने र तेहरानलाई आणविक अस्त्र विकास गर्नबाट नरोक्ने बताएको छ ।

मोसादका प्रमुख डेभिड बार्नेया इरान सम्झौताबारे अमेरिकी संसदको बैठकमा भाग लिन एक हप्ताभित्र वासिङ्टनको भ्रमण गर्नुहुनेछ,’ नाम नबताउने शर्तमा इजरायलका एक वरिष्ठ अधिकारीले बताए ।

यसअघि आइतबार इजरायलका प्रधानमन्त्री याइर लापिडले सम्झौताविरुद्ध इजरायलको ‘कुटनीतिक लडाईं’मा इजरायलका राष्ट्रिय सुरक्षा सल्लाहकार र रक्षामन्त्रीले हालै संयुक्त राज्य अमेरिकामा बैठक गरेको बताएका थिए ।

‘हामी अमेरिकी र युरोपेलीहरूले यस सम्झौतामा समावेश खतराहरू बुझ्न सुनिश्चित गर्न ठोस प्रयास गरिरहेका छौं,’ लापिडले भने, ‘सन् २०१५ मा हस्ताक्षर गरिएको सम्झौता ‘राम्रो सम्झौता होइन’ र हाल तयार भइरहेको सम्झौताले ‘ठूलो खतरा’ निम्त्याउनेछ ।’

सन् २०१८ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक हतियार विकास गर्नबाट रोक्ने उद्देश्यले गरिएको सम्झौताबाट एकतर्फी रुपमा पछि हटेका थिए ।

उनका उत्तराधिकारी जो बाइडनले सम्झौतामा फर्कन चाहेका छन् र लगभग डेढ वर्षको वार्तापछि हालैको प्रगतिले यहूदी राज्य इजरायललाई किनारामा पारेको छ ।

लापिडका अनुसार नयाँ सम्झौतामा म्याद समाप्त हुने मिति र कडा पर्यवेक्षण समावेश गर्नुपर्नेछ जसले ‘इरानको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम र मध्यपूर्वभरि आतंकवादमा उसको संलग्नता’लाई सम्बोधन गर्नेछ ।

गत बुधबार लापिडले नयाँ सम्झौताले इरानलाई प्रतिवर्ष १०० अर्ब अमेरिकी डलर दिने र इरान समर्थित लडाकू समूह हमास, हिजबुल्लाह र इस्लामिक जिहादले प्रयोग गर्ने बताएका थिए । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved