गठबन्धन गर्दा कांग्रेसलाई कम्तिमा १०० सिट चाहिन्छ : नेता कोइराला

४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले १०० सिट भन्दा कम लिएर गठबन्धन गर्न नहुने उनको तर्क छ । सत्ता गठबन्धनको कार्यदलमा कांग्रेस नेताहरुले ९० सिट दाबी गरिरहँदा कोइरालाले भने १०० सिट चाहिने बताएका हुन् । 

नेपालभ्युज

गठबन्धन गर्दा कांग्रेसलाई कम्तिमा १०० सिट चाहिन्छ : नेता कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी चुनावमा गठबन्धन गर्दा आफ्नो दललाई  १०० सिट चाहिने बताएका छन् ।

४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले १०० सिट भन्दा कम लिएर गठबन्धन गर्न नहुने उनको तर्क छ । सत्ता गठबन्धनको कार्यदलमा कांग्रेस नेताहरुले ९० सिट दाबी गरिरहँदा कोइरालाले भने १०० सिट चाहिने बताएका हुन् ।

मोरङको सुन्दरहरैंचामा शनिबार पार्टीको प्रशिक्षणमा नेता कोइरालाले १०० सिट नपाए एक्लै चुनावमा जानुपर्ने समेत जिकिर गरे । उनले अहिले गठबन्धन गर्नु बाध्यता भए पनि कांग्रेस  एक्लै चुनावमा जान सक्षम रहेको दाबी गरे ।

अन्य दलले माग्दैमा धेरै सिट छाड्न नसकिने भन्दै कोइरालाले पार्टीको सांगठनिक अवस्था र जित्ने आधार हेरेर मात्रै बाँडफाँट गर्नुपर्ने बताए ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved