आयात र रेमिट्यान्सले मात्रै देश चल्दैन : मन्त्री शर्मा

नेपालभ्युज

आयात र रेमिट्यान्सले मात्रै देश चल्दैन : मन्त्री शर्मा

चितवन । अर्थमन्त्री जनार्दन शर्माले आयात र रेमिट्यान्सले मात्रै देश नचल्ने बताएका छन्

अहिले देश आयात र रेमिट्यान्सले धानेको भन्दै उनले भने, ‘अब देश चलाउन भन्सारको राजस्वमा भर पर्ने होइन आन्तरिक उत्पादनको राजस्वले देश चल्ने बनाउनुपर्छ ।’ अहिले देशमा उत्पादनमुखी अर्थतन्त्र आवश्यक रहेको उनको भनाइ थियो ।

देशको अर्थतन्त्रलाई स्थायित्व दिनका लागि गाउँगाउँमा उद्योग र व्यवसाय सञ्चालन हुन जरुरी रहेको उनले बताए । उनले भने,’श्रमयोग्यलाई तालिम दिएर उद्योगी, व्यवसायी वा देशमा नै श्रम गर्न प्रेरित गर्नुपर्छ ।’ उत्पादनले मात्रै देशलाई आत्मनिर्भर बनाउन सकिने भन्दै उनले उत्पादनका क्षेत्रमा लगानी बढाउन राज्य तयार रहेको बताए । निजी, सहकारी र सरकारी तबरको लगानीले आयातलाई निरुत्साहित गर्दै निर्यात बढाउनु अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो ।

मन्त्री शर्माले विश्वभर भइरहेको मूल्यवृद्धि र विभिन्न देशमा चलेको युद्धको असर नेपालमा परेको बताए । उनले भने, ‘विश्वमा चलेको मूल्यवृद्धि र युद्ध रोकिने अवस्थामा छैन । अझै फैलिने क्रम जारी छ । यसको असर नेपालमा पनि परेको छ ।’ आर्थिक विकास र उत्पादनलाई सहयोग पुग्ने गरी सरकारले नीति कार्यक्रम बनाएको उनको भनाइ थियो । उनले भने, ‘हामीले ल्याएको बजेट कार्यान्वयनमा आउँदा देशमा रहेको गरिबीको अन्त्य हुन्छ ।’

फरक प्रसङ्गमा बोल्दै उनले अहिलेको गठबन्धन देशको र राजनैतिक बाध्यताले बनेको बताए । अहिलेको गठबन्धन सहकार्य गरेर अघि बढ्नुको विकल्प नरहेको उनको भनाइ थियो । उनले भने, ‘गठबन्धनले सहकार्य गरेर अघि बढ्नुपर्छ । गठबन्धनलाई निश्चित समय दिए राजनैतिक स्थायित्व र विकासमा सहयोग पुग्छ ।’ अहिले दलबीच गठबन्धनलाई सफल पार्ने गरी छलफल भइरहेको उनले बताए ।

महासङ्घका जिल्ला अध्यक्ष दयाराम दवाडीको अध्यक्षतामा सम्पन्न अधिवेशनले विष्णुप्रसाद पौडेलको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्यसमिति समेत गठन गरेको छ । समितिको उपाध्यक्षमा किशोर वगाले, विश्वमित्र श्रेष्ठ, सचिवमा गोविन्द अर्याल, कोषाध्यक्षमा जयराम खत्री, सह–सचिवमा दिनेश सेढाईं र सहकोषाध्यक्षमा केदारबहादुर कार्की रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved