मेयर बालेनसँग एमाले रिसाउनुको यस्तो छ भित्री कारण

महेश बस्नेतले लगातार बालेनको प्रतिकार त्यसै गरेका होईनन्

द्विराजको संरचनामा डोजर चलेपछि एमाले रिसाएको हो र यसको भित्री कारण छ । अस्ट्रेलियालाई आधार बनाएर शैक्षिक व्यवसाय गरिरहेका द्विराज शर्माको खास नाम ध्रुवकुमार शिवाकोटी हो । झापा घर भएका उनी पनि राजनीतिक परिवारका हुन् । उनका बुबा तत्कालीन नेकपा मालेका कार्यकर्ता हुन् । पञ्चायती व्यवस्थाविरोधी आन्दोलनमा लाग्दा दमन भएपछि द्विराजका बुबा भारततिर भागे । त्यतिबेला ओलीसँग शिवाकोटी परिवारको राम्रो सम्बन्ध थियो ।

नेपालभ्युज

मेयर बालेनसँग एमाले रिसाउनुको यस्तो छ भित्री कारण

काठमाडौं । काठमाडौं महानगरले अनधिकृत रूपमा बनेका संरचना हटाउँदा आफ्ना निकटस्थको घर पर्न थालेपछि नेकपा एमाले रिसाएको छ । महानगरले बिहीबार भत्काएको अल्फाबिटा हाउसको संरचना एमाले निकट व्यवसायी  द्विराज शर्माको हो ।

लगत्तै एमाले नेता महेश बस्नेतले बालेनको विरोध गर्दै लगातार स्टाटस लेखिरहेका छन् । उनले डोजर लिएर आफ्नो क्षेत्रमा आउनसमेत चुनौती दिएका छन् । द्विराजको संरचनामा डोजर चलेपछि एमाले रिसाएको हो र यसको भित्री कारण छ । त्यो हो शर्मा एमाले अध्यक्ष केपी शर्मा ओलीका निकटस्थ हुन् ।

अस्ट्रेलियालाई आधार बनाएर शैक्षिक व्यवसाय गरिरहेका शर्माको खास नाम ध्रुवकुमार शिवाकोटी हो । झापा घर भएका उनको परिवार पनि राजनीतिक हो । शर्माका बुबा तत्कालीन नेकपा मालेका कार्यकर्ता थिए । पञ्चायती व्यवस्था विरोधी आन्दोलनमा लाग्दा दमन भएपछि द्धिराजका बुबा भारततिर भागे । त्यतिबेला केपी शर्मा ओलीसँग यो शिवाकोटी परिवारको राम्रो सम्बन्ध थियो । ओली बाल्यकालमा बसेको रामनाथ दाहालसँग शिवाकोटी परिवारको नातासमेत पर्ने बताइन्छ । बुबा भारत गएपछि द्विराजको हुर्काइ र पढाइ पनि भारतको आसाममा भयो ।

पछि उनी नेपाल फर्केर व्यवसाय सुरु गरेका हुन् । त्यसैले ओलीसँग द्विराजको घनिष्ठ सम्बन्ध छ । द्विराज  एमालेले निकै माया गर्ने संस्था ओम्नी ग्रुपका सञ्चालक पनि हुन् । तिनै द्विराजको कम्पनीमा डोजर चलेपछि एमाले नरिसाउने कुरै भएन । त्यसैले, नेता बस्नेतले बालेनको विरोध गर्दै लगातार स्टाटस लेखिरहेका छन् ।

बिहीबार द्विराजसँग ओली र बस्नेतले खिचेको फोटो सामाजिक सञ्जालमा चर्चित भएको थियो । त्यही फोटोपछि बस्नेतले यसलाई स्टन्ड नबनाउन चेतावनी दिएका थिए । उनको स्टाटसमा बालेन नामको एउटा आइडीबाट नियमकानुन सबैले पालना गर्नुपर्छ कामरेड भन्ने कमेन्ट आएको छ । त्यसमा ‘तपाईंको घरको नक्सा पास भएको छ कि छैन ?’ भनेर सोधिएको छ । त्यही स्क्रिन सट राखेर बस्नेतले अर्को लामो स्टाटस लेखेका छन् ।

बस्नेतले पछि तपाईंका विरोधीले पनि त्यही शैली अपनाए भने गाह्रो होला भनेर चेतावनी पनि दिएका छन् । उनले डोजर लिएर आफ्नो क्षेत्रमा आउन चुनौती दिँदै भनेका छन्, ‘एउटा प्रोग्राम सकेर जस्ट घर पुगे बालेनजीको टिप्पणी हेरे खुसी लाग्यो । तपाईंलाई सबैको घरको नक्सा हेर्ने भुत सवार भएछ। मेरो घरको नक्सा हेर्न मन भए सूर्यविनायक नगर पालिकामा काजमा आउनुहोला । तपाईंलाई भत्काउने र ध्वंश गरेर हिरो हुन्छु भन्ने लाग्या होला । हम्रोतिर ध्वंश होइन निर्माणको लहर चलेको छ। यताका डोजरमा मेयर चड्दैनन्, ड्राइभर चड्छन्। डोजर चलाउन रहर भए ड्राइभिङ्ग सिकेर आउनुहोला । अनि २/४ सय फेस बुके फ्यान भए भनेर नमात्तिनु विगतका यस्ता २/४ सय फेसबुके फ्यान भएका म्यान अहिले कहाँ छन् खोज्नै पर्ने भाको छ। गालीगलौजको संस्कृति हाम्रो संस्कृति होइन । त्यस्को विकास र प्रोत्साहनमा अहिले त रमाइलै होला पछि तपाईंका विरोधीले पनि त्यही शैली अपनाए भने गाह्रो होला।’

 

तर, बस्नेतको स्टाटसमा कमेन्ट गर्ने अधिकांशले बालेनको समर्थन गरेका छन् । कडा विरोध भएपछि बस्नेतले अर्को स्टाटस लेखेका छन् । त्यसमा भनिएको छ, ‘कति कमजोर धरातलमा टिकेका रहेछौँ नव उदारवादी, मवादी र सस्तो लोकप्रियतावादी साथी हो मेरो एउटा सानो स्टाटसले नै भूकम्प गयो त।’

बालेनले  डोजर लगाउने संरचना एमाले निकटका मानिसको पर्‍यो भने महेश बस्नेतले तत्कालै प्रतिकार गर्छन् भन्ने यसले प्रष्ट पारेको छ । किनकि, यो प्रतिकार बस्नेतको नभएर स्वयं अध्यक्ष केपी ओलीको हो । डोजर अघि बढ्दै जाँदा एमाले र बालेनको झगडा अझै बढ्ने सम्भावना छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved